नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदै , जितको लक्ष्यमा नेपाल

काठमाडौँ, कार्तिक २८ । नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ ।नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४: ४५ बजे हुनेछ ।लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्