.अमेरिकाले गर्यो नेपाललाई सय थान भेन्टिलेटर सहयोग

काठमाडौं, कार्तिक २८ । कोभिड १९ विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सयथान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरे ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्‍याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपत्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाइँका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे ।

उनले प्राप्त भेन्टिलेटर शुक्रबारबाटै विरतण सुरु गरिएको पनि बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७र७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई(दुईवटाका दरले वितरण गरिने उनले बताए ।

भेन्टिलेटरका अतिरिक्त यूएसआईडीले देशका ११३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्शसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्