खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साही

काठमाडौं , कार्तिक २८ । सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडीमा उत्साही देखिएको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्‍चालनको अनुमति दिएसँगै खेलाडीहरु उत्साही बनेका छन् ।

मन्‍त्रिपरिषद्‌को बिहीबारको बैठकले सुरक्षा मापदण्ड अपनाउँदै खेल गतिविधि सञ्चालनको अनुमति दिएको थियो । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका हुन् ।

लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् । करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्‌को पछिल्लो निर्णयले राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्