डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने, प्रधानमन्त्रीले गरे स्वास्थ्यलाभको कामना

काठमाडौँ , कार्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गरेका छन्।

कोरोना संक्रमित डा। केसीको प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।साथै डा। केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

डा। केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्