इसेवा मनि ट्रान्सफर र केएमई रेमिटेन्सबीच सम्झौता

काठमाडौं , कात्तिक ३० । इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु गर्ने सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक अजेश कोइराला र के एम ई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरे ।

यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले के एम् ई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन् ।नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

के एम् ई रेमिट्यान्स्ले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने जनाइएको छ । इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रकम भित्राउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्