२ लाख नगद र झण्डै ७ लाखको चेकसहित काठमाण्डौबाट सात जुवाडे पक्राउ

काठमाण्डौ , मंसिर २ । काठमाण्डौको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र सात लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेका यादव चौलागाईँ, धादिङका राजु पौडेल, चितवनका राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडवाल रहेका वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० अपिलराज बोहराले बताए ।

काठमाण्डौ महानगरपालिका १४ को कुलेश्वरमा शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू सोमबार बेलुका पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्