दुई बैंकको साढे ५ अर्बको ऋणपत्र आउँदै, पाए अनुमति

काठमाडौं, मंसिर २ । सानिमा बैंक र बैंक अफ काठमाण्डूले ५ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डूलाई एक अर्ब ६० करोड रुपैयाँको र सानिमा बैंकलाई चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो।

दुवै बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र ८.५ प्रतिशत व्याजरमा निष्काशन गर्ने भएका हुन्। सानिमा बैंकले निवेदन दिँदा १० प्रतिशत व्याजदरमा निष्काशन गर्ने जनाएको थियो। तर बजारमा तरलता सहज भएसँगै बैंकले व्याजदर नै संसोधन गरेको हो।

सानिमा बैंकले सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् एक अर्ब ६० करोड रुपैयाँ निष्काशन गर्ने छ। बाँकी २ अर्ब ४० करोड रुपैयाँ आफैले बिक्री गर्ने छ। उक्त ऋणपत्र प्रतिकित्ता १००० रुपैयाँका दरमा बिक्री गर्ने छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

बैंक अफ काठमाण्डूले सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् ६४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ। बाँकी ९६ करोड रुपैयाँको ऋणपत्र आफैले बिक्री गर्ने छ। बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्