चन्द्रागिरीबाट ४ जना जुवाडे पक्राउ

काठमाडौं , मंसिर २ । काठमाडौँको चन्द्रागिरीबाट चार जना जुवाडे नगदसहित पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारस्थित एक ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्रेको हो ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ग्यारेजमा गएको टोलीले चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक ९डीएसपी० घनश्याम श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार, धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।

उनीहरुको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ बरामद भएको डएिसपी श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्