अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता, फुटको संघारमा पार्टी

काठमाडौं , मंसिर ३ । केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेका हुन् ।

आज उनले गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनाएको छ । यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्