नेकपाको किचलोले प्रणालीमाथि नै भ्रम पैदा गर्‍यो : सहमहामन्त्री महत

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको उनको भनाइ छ ।

नेता महतले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएकोसमेत बताए । सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माणरव्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन, अस्पतालहरुमा बेडको व्यवस्था गर्न नसकेको पनि उनले बताए।

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको पनि आरोप लगाए । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्नेमा लागेको महतले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्