सकियो नेकपा सचिवालय बैठक, ओलीको छुट्टै प्रतिवेदन पेस हुने, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक सकिएको छ । फेरि अब १० दिनपछि पुनः बस्ने गरी बैठक सकिएको हो । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए ।यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ ।

यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यता मन्त्रिपरिषद्को बैठक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपाको सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्