सुनचाँदीको मूल्यमा गिरावट, सुनको भाउ प्रतितोला ७०० रूपैयाँले घट्यो

काठमाडौ , मंसिर ४ । नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो नेपाली बजारमा छापावाल सुनको भाउ ९५ हजार एक सय रुपैयाँ कायम थियो ।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकेको छ । हिजो तेजाबी सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ कायम थियो । हिजो प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने घटेको छ । आज प्रतितोला चाँदीको मूल्य १२१५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्