सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार, लगानीकर्ताहरु खुसी

काठमाडौं , मंसिर ४ । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १।४७ प्रतिशत अर्थात ४।९८ प्रतिशतले बढेको छ ।

दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे ।

नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ । बजारमा उल्लास देखिए पछि सेयर बजारका लगानीकर्ताहरु खुसी भएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई थप हौसला प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्