विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ

काठमाडौं, मंसिर ४ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहान बुटवलबाट पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहसहित पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । साथै उनीहरूलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्