बुटवलबाट बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं, मंसिर ५ । बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन् ।बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

पक्राउ पर्नेहरुमा बुटवलका ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ का २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान बाघको छाला बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्