सेञ्चुरी कमर्सियल बैंकले सुरु गर्यो अनलाइन एकाउन्ट सेवा

काठमाडौं , मंसिर ५ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट भन्‍ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

बचत खातामा उच्चतम् प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु अनलाइन खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाता प्रवर्द्धन गर्न बढी ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमाार्फत वालेटको कारोबारसमेत गर्न सकिने बैंकले जनाएको छ ।

सेञ्चुरी क्लिक एकाउन्ट अनलाइनबाटै खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्