भारतमा कोरोना : संक्रमितको संख्या ९० लाख नाघ्यो

काठमाडौं, मंसिर ५ । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ ।

शुक्रवार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।

भारतमा संक्रमणमुक्त भएकहरुको दर ९३।६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्