ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

काठमाडौं, मंसिर ६  । ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्