झुलाघाट नाका पाँच दिनका लागि खोलिने

काठमाडौं मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ ।

यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।उहाँले भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न सजिलो होस् भनेर नाका खोल्न लागिएको बताए ।

उनीहरुले कोरोनाका कारण सीमानाका बन्द भएपछि चैत महिनायता पेन्सन बझ्न पाएका छैनन् ।नाका खुलेको समयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलेसमेत आवत–जावत गर्न पाउनेछन् ।

बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नेपाली छन् ।

प्रतिक्रिया दिनुहोस्