काठमाडौं महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

काठमाडौं , मंसिर ६ । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख ९मेयर० विद्यासुन्दर शाक्यले बताए ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आइतबारदेखि पुनः स्वाब संकलन कार्य सूचारु गर्न लागिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्