काठमाडौं उपत्यकामा थपिए ८९९ संक्रमित, कुल संक्रमितको संख्या १ लाख ३ हजार नाघ्यो

काठमाडौँ, मंसिर ६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

जसमा काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् ।योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ३ हजार ४ ससय ५२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्