जनस्वास्थ्य अधिकृत को नै निधन

काठमाडौं , ७ मंसिर । कोरोना संक्रमणका कारण नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएता पनि क्लिनिकल्ली कोरोना डेथ भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्