साताको पहिलो दिनः कति छ आज सुनको मूल्य ?

काठमाडौं, मंसिर ७ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।

यसैगरी तेजाबी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्