चन्द्रागिरि हिल्सको आईपीओ र २ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाडौं , मंसिर ७ । चन्द्रागिरि हिल्सले धितोपत्रको प्रारम्भिक सार्वजनिक ९आईपीओ० निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २८ गते कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

बोर्डले कात्तिक महिनामा तीनवटा निष्कासन अनुमति दिएको बोर्डका सह(प्रवक्ता तथा उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । जसमध्ये चन्द्रागिरि हिल्सको आईपीओ तथा सानिमा बैंकलाई चार अर्ब र बैंक अफ काठमाण्डूलाई एक अर्ब ६० करोडको ऋणपत्र निष्कासन अनुमति दिएको उनले बताए ।

कम्पनीले जारी पुँजीको १२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । स्थानीय र सर्वसाधारणका लागि कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्कासन अनुमति पाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई छ । आईपीओे निष्कासनका लागि अनुमति माग्दै कम्पनीले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्