प्रधानमन्त्री ओली र सभापति देउवाबीच गोप्य भेटवार्ता, भेट अर्थपूर्ण

काठमाडौं, मंसिर ७ पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संसदको दोस्रो ठुलो दल कांग्रेसका सभापति देउवाबी ग गोप्य भेटवार्ता भएको छ पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी९नेकपा० आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ ।शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् ।

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिब डेढ घण्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएपनि नेताहरुले भेटलाई गोप्य राखेका छन् । आफु निकट केन्द्रीय सदस्यहरुलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेका थिए ।

भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सहभागी थिए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरि सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरेका छन् । कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई नागरिक अगुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

संवैधानिक नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवाबीच पटक–पटक संवाद हुदै आएको छ ।यता संवैधानिक आयोगमा ठूलो संख्यामा पदहरु रिक्त हुँदा समेत सरकारले लामो समयदेखि नियुक्ति गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्