देशभर थपिए १६ सय ६९ जना कोरोना संक्रमित , ५६ सय ९९ निको भए

काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभरमा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ। उनले पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण गरिएको जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ थप ५ हजार ६९९ निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २५ पुगेको छ।

यो कुल संक्रमितको ९०. ३ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्