‘प्रधानमन्त्रीले अवधि नपुग्दै संसद विघटन गर्ने व्यवस्था छैन्’

काठमाडौं, मंसिर ७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले आफ्नो अवधि पुरा नहुँदै प्रतिनिधि सभा विघठन हुन नसक्ने बताएका छन् ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले यस्तो बताएका हुन् । संविधान बमोजिम निश्चित समय नपुगेसम्म प्रतिनिधि सभा विघटनको व्यवस्था नरहेको उनले दावी गरे ।

नेता रावलले कुनै हालतमा पनि नेकपा नफुट्ने ठोकुवा गरे । पार्टी फुट्न सैद्धान्तिक विषय, महत्पूर्ण राष्ट्रिय विषय र प्रतिनिधि सभामा आवश्यक संख्या पु¥याउने जस्ता प्रकृयामा गएको हुनुपर्ने उनको भनाइ थियो । पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए ।

नेकपाको विवाद सैद्धान्तिक र नीतिगत मतभेद, भागवण्डाका लागि नभइ पार्टी विधि प्रणालीबाट चल्नुपर्छ, पार्टीका निर्णय, घोषणापत्र, प्रतिवद्धता, कार्यक्रम कार्यान्वयन गरेर जानुपर्छ भन्ने विषयको विवाद भएको नेता रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्