ओली-देउवा गोप्य भेट: कांग्रेसका प्रवक्ता भन्छन्- हामी पाँच वर्ष विपक्षमै रहन्छौं, भड्कावबाट टाढा छौँ

काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पाँच वर्ष सरकारमा नजाने स्पष्ट पारेका छन् ।

नेकपामा विवाद चर्किएसँगै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको भेटबारे भइरहेको विभिन्न अनुमान भइरहेको बेला प्रवक्ता शर्माले उक्त कुरा बताएका हुन् । साथै उनले सरकारमा जाने भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘बिलकुल निरपेक्ष छौँ । पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ । अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ । जय नेपाल ! ’

शनिबार बालुवाटारमा भएको गोप्य भेटमा प्रधानमन्त्री ओलीले देउवालाई साझेदारीको प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्