चिसोमा रुघाखोकीबाट कसरी जोगिने ? अपनाउनुस् यी बच्ने ९ उपाय

काठमाडौं, मंसिर ८ । पछिल्लो पटक काठमाडौँ उपत्यकासहित देशरभर चिसो निकै बढेको छ। चिसोको समयमा रुघाखोकीलाई सामान्य मानेर वेवास्ता गर्दा लामो समयसम्म स्वास्थ्यमा समस्या देखिन सक्छ ।चिसो मौसममा भाइरसहरु थप सक्रिय हुने गरेको चिकित्सकहरु बताउँछन् ।

यो मौसममा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, स्वास फेर्न कठिन हुने जस्ता समस्या धेरैलाई हुने गरेको छ ।यता अहिले कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला चिसो मौसममा थप जोखिम निम्त्याउने त होइन भन्ने चिन्ता कतिपयले गर्ने गरेका छन् । यसैले हामीले तल उलेख्ख गरेका उपाय अपनाउनुस् केहि फाइदा पक्कै हुने छ ।

यी ९ उपाय अपनाउनुस्: 

-मास्क लगाएर मात्र बाहिर निस्कने

-धेरै भीडभाड भएको ठाउँमा नजाने

-पानी राम्रोसँग उमालेर मन तातो भएपछि खाने

-झोलिलो सुपहरु प्रशस्त पिउने

-धुँलोधुँवामा नबस्ने

-बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा धोएर बस्ने

-हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने

-न्यानो कपडा लगाउने

-चिसोको समयमा नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी,

-दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

प्रतिक्रिया दिनुहोस्