प्रधानमन्त्री ओली ओलाङचुङगोलातर्फ प्रस्थान, के छ कार्यक्रम ?

काठमाडौं , मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् । ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी तय भएको कार्यक्रममा सहभागि हुन ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहँदा ओलीले ओलाङचुङगोला नाका अवलोकन गर्नेछन् भने सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार फक्ताङलुङ गाउँपालिक(६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदैछ । प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्नेछन् ।

प्रजिअ चापागाईंका अनुसार दुई घण्टा यहाँ बसेर प्रधानमन्त्री ओली इलामको जौबारी जानेछन् । दोस्रो पटक मिगौंला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली प्रदेश १ को भ्रमणमा निस्किएको यो दोस्रो पटक हो । यसअघि ओली संखुवासभाको भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्