कोरोना संक्रमणबाट १६ जनाको ज्यान लियो, १९८० जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ मंसिर । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने, २ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन् । सचेत र संयमता अपनाउनु आजको टड्कारो आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्