प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

काठमाडौं, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने एक जना यात्रु गम्भीर घाइते भएबा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो । दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा र्पुयाउँदा करिब पौने २ बजे मृत्यु भएको उनले बताए ।
प्याराग्लाइडिङ्गमा यात्रा गरेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका(२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचारको लागि मेट्रोमा लगिएको छ ।

अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ।

प्याराग्लाइडिङ ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ(दुई किलोमिटर माथि खस्दा दुर्घछना हुन पुगेको हो । प्याराग्लाइडिङ क्याम चोक भन्ने ठाउँमा खसेको र कति उचाइबाट खसेको र कसरी खसेको भन्ने अनुसन्धान भइरहेको महालेले बताए । उनका आफन्त भने सम्पर्कमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्