च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै

काठमाडौं, मंसिर ९ । युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदै छन्। समूह चरणको चौथो चरणका खेलहरुमा दुई खेल राति ११ः४० मा हुँदै छन् भने ६ खेल राति १ः४५ मा हुनेछ।

राति ११ः४० मा रेनेस र चेल्सी साथै क्रास्नोडर र सेभिया खेल्दै छन्। १ः४५ मा हुने खेलमा म्यानचेस्टर युनाइटेड र स्तानबुल बासाकेसिर, डायनामो किभ र बार्सिलोना, पिएसजी र लाइपजिग, लाजियो र जेन्ट, बोरुसिया डोर्टमुन्ड र क्लब ब्रग साथै युभेन्टस र फेरेन्सबारोस खेल्दैछन्।

चेल्सी र सेभिया यो सिजन च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्न सहज अवस्थामा छन्। समान तीन खेल सकिँदा दुवै टिमको समान सात अंक रहेको छ। यसैले दुवै टिमले मंगलबारको खेल जितेमा समूह चरणको अन्तिम खेल समूह विजेताको लडाइँ हुनेछ।

प्रतिक्रिया दिनुहोस्