रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं , मंसिर १० । रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका क्षत्रीय कार्यालय र शाखारउप(शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए ।

हाल कोभिड(१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्