स्थगित भएको माछापुछ्रे बैंकको साधारणसभा पुस २ गते हुने

काठमाडौं , मंसिर १४, ।स्थगित भएको माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा यहि पुष २ गते हुने भएको छ । यसअघि बैंकले कात्तिक ६ गतेका लागि साधारणसभा बोलाएको थियो । तर कोरोना भाइरस संक्रमणको त्रास र चाडपर्वका कारण सभा स्थगित हुन पुगेको थियो ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव छ भने साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।

सभामा बैंकले ७।०३ प्रतिशत बोनस सेयर र ३।३७ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गराउँदै छ भने अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

प्रतिक्रिया दिनुहोस्