राजेश हमाल भन्छन्- अहिल्यै नै चलचित्र हल खोल्नु हुँदैन

काठमाडौं । महानायक राजेश हमालले अहिल्यै नै चलचित्र हल खोल्नु नहुने बताएका छन् । अभिनेता हमालले अत्याधिक भीडभाड हुने क्षेत्र भएकाले जवरजस्ती चलचित्रसम्बन्धि गतिबिधिहरु खुल्ला गर्दा संक्रमण फैलिन सक्ने भएकाले अहिल्यै नै चलचित्र हल खोल्न नहुनेमा जोड दिएका हुन् ।

स्थिति सामान्य भएपछि केहि खुकुलो गर्दै लैजानुपर्ने अभिव्यक्ति उनले दिएका छन् ।नोबेल कोरोना भाइरसका कारण बिगत आठ महिनादेखि ठप्प रहेको नेपाली चलचित्र क्षेत्र खुल्ला गर्न चलचित्रकर्मीहरुले सरकारसँग आग्रह गरेका छन् ।

चलचित्रकर्मीहरुले सरकारसँग आग्रह गरिरहँदा अभिनेता राजेश हमालले यस्तो औंल्याएका छन् ।अहिले जवरजस्ती हलहरु खोल्यो भने भोली संक्रमण फैलिएर त्यसले ठुलो समस्या निम्त्याउन सक्ने उनको भनाई रहेको छ ।

यता हमालले लकडाउनको अवधिमा धेरै म्युजिक भिडियोहरु गरेका छन् । तर उनले यो आफ्नो बिधा नभएको र कहिलेकाहीँ म्युजिक भिडियो गर्दा रमाइलो लाग्ने पनि बताएका छन् ।यसैबीच लामो समयदेखि चलचित्र क्षेत्र बन्द हुँदा चलचित्रकर्मीहरु धराशायीमा परेका छन् । हल चाडो सुचारु गर्न उनीहरुले माग गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्