सातै प्रदेशमा आज एकसाथ तीन सय ९६ वटा अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं, मंसिर १५ । सरकारले सातै प्रदेशमा आज एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ ।

ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार सरकारको यो स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी हो ।

हालसम्म आधारभूत अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जस अन्र्तगत पाँच शैयाका ५२, १० शैयाका एक सय नौ र ५० शैयाका ३५ वटा अस्पताल निर्माण हुनेछन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ

३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा भएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माण र उपकरण जडानका लागि करिब ५८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।

प्रतिक्रिया दिनुहोस्