कास्कीमा ४ जना कोराना संक्रमितको मत्यु

काठमाडौं, १५ मंसिर । कास्की, पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै सोमबार राति ९ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोराना संक्रमणबाट मुत्यु हुनेको संख्यममा कमी आएको छैन । तर संक्रमितको संख्यामा भने कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्