सकुन्तलाल हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए ।

हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार हस्तान्तरण गर्ने महासंघको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्