कोरोना भाइरसको संक्रमितको संख्या २ लाख ३३ हजार

काठमाडौं, १५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १४ सय ७४ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेटमा यो कुरा जनाएको हो ।

आज १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्