अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं, १५ मंसिर । एलायन्स क्लब अफ काठमाडौं सिटीले अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच एलि गुणा सिलवालको जन्मोत्सवको अवसर पारेर तारकेश्वर–७ फुटङ्ग, काठमाडौंका संभव नेपाल नामक सामाजिक संस्थाका करिब १३ जना अनाथ बालबालिकाहरुलाई बढ्दै गएको चिसोबाट बचाउने उद्वेश्ले एक सेट न्यानो कपडा वितरण गएिको हो ।
संस्थाका अध्यक्ष कपिल देवकोटलाई एलायन्स क्लब अफ काठमाडौंका सचिव एलि नवराज श्रेष्ठ, क्लब मेम्बर विष्णु ठकुरी, थर्ड डिष्ट्रिक गभर्नर एलि धना आचार्यलगायतको सहभागितामा उक्त कपडा हस्तान्तरण गरिएको हो ।

सेवा नै धर्म हो भन्ने भावनालाई सिरोधार्य गर्दै एलायन्स क्लबले नेपालमा विगतका दिनहरुमा पनि विभिन्न सहयोगका कार्यक्रम आयोजना गरि सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको छ । संभव नेपालका अध्यक्ष देवकोटाले हस्तान्तरीत सामाग्री बुझ्दै एलायन्स क्लबलाई धन्यवाद व्यक्त गरे । उहाँले जन्मोत्सवको अवसर पारेर आनाथ बालबालीकाहरुलाई यस्ता सहयोग गर्नु आफैंमा प्रेरणाको स्रोत हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्