नेकपा गम्भिर संकटमा

काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद चरम चुलीमा पुगेको छ । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नत्याग्ने स्पष्ट परेपछि झन विवाद बढ्दै गएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री मन्त्री ओली झन आक्रामक तयारीहरु गर्न थालेका छन् । अर्का अध्यक्ष प्रचण्डले पनि पटक पटक सहमति गर्दा पनि उल्लंघन गरेकाले अब पार्टी बैठकबाट टुंगो लगाइने बताए । उनी पनि ओलीविरुद्ध आक्रामक तयारीमा लागेका छन् । प्रचण्डले अब बस्ने सचिवालय बैठकले थप कदम चाल्ने गरी तयारीमा जुटेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न हरप्रयास गरिरहेका छन् । तर पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच बोलचालसम्म पनि भएको छैन । हिजो विहान भण्डारीले ओलीसँग र साँझ प्रचण्डसँग घन्टौैं कुराकानी गरी सहमतीको लागि पहल गरे । उनले सहमतिको विकल्पबारे पनि छलफल गरेको बुझिएको छ । तर, दुवै नेता सहमतिमा पुग्न तयार भएनन् ।

राष्ट्रपति भण्डारीले ओली र प्रचण्ड दुवैलाई राखेर कुराकानी गर्न खोजेको बुझिएको छ । तर, संवाद गर्न दुवैले चाहेका छैनन् । संवादको साटो दुवै नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका मात्र छैनन् पार्टीभित्र बोलेका गम्भीर विषयहरु पनि छरपष्ट पार्न थालेका छन् ।
बुधबार तय भएको सचिवालय बैठकमा ओली गएनन् । त्यसपछि २० मिनेट बसेर २० मसिरसम्म अल्टिमेटम दिने र बैठक डाकेर निर्णय लिने गरी सचिवालय सदस्यहरु उठे । बिहिबार बस्ने तय भएको स्थायी कमिटी बैठक पनि २१ गतेलाई सरेको छ । नेताहरुले आ आफ्नो तयारी गर्ने भएका छन् ।

ओली कुनै हालतमा बैठकमा नजाने र नगएमा प्रचण्ड पक्षले कठोर निर्णय लिने तयारी भएको छ । ओलीले मङ्गलबारको सचिवालय बैठकमा प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन् । यसले दुवै अध्यक्ष वारपारको लडाईमा उत्रिएको स्पष्ट भएको छ ।
अब लिखित आरोप मौखिक हुँदै एक अर्कामाथि कारबाहीको निर्णयसम्म पुगेको छ । ओलीले प्रचण्डमाथि अध्यक्षबाट हटाएको निर्णय लिने तयारी गरेका छन् । प्रचण्डले पनि पार्टी कमिटीबाट ओलीलाई सरकारबाट फिर्ता बोलउने र अध्यक्षबाट पनि हटाउने तयारी गरेका छन् । अब मंसिर महिनाभित्र यस्तो निर्णय आएमा आश्चर्य नमाने हुन्छ । ओलीले प्रचण्डमाथि कारबाही गर्ने ठाडै भनिसकेका छन् । उनले विगतमा प्रचण्डमाथि युद्धअपराध गरेको, विदेशीको इशारामा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई धोका दिएको जस्ता गम्भीर आरोप लगाएका छन् । यसरी ओली झन् कडा तयारीका साथ बढेका छन् ।
प्रधानमन्त्री ओलीले उल्टै प्रचण्डलाई कारबाहीको चेतावनी दिएका छन् । मङ्गलबारको बैठकमा ओलीको चेतावनी र प्रचण्डको मन्तव्य रोक्ने प्रयासका कारण चर्काचर्की परेको थियो । अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु स्थायी र केन्द्रीय कमिटी बैठकसम्म प्रतिवेदनहरु लगेर टुंगो लगाउने पक्षमा छन् । तर, अध्यक्ष ओली अन्तरिमकालको कमिटी भएको भन्दै त्यसको निर्णय नमान्ने पक्षमा छन् । उनी पार्टी बैठक रोक्न प्रयासरत छन् । दुई अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुनुलाई ओलीलाई सामान्य मानेका छैनन् । उनी सहमतिका साथ एउटै प्रतिवेदन छलफलमा यसैगरी, प्रधानमन्त्री ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए । ‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।

ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्ड पनि जङ्गिएका थिए । मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

ओलीले सत्ता छाड्न दबाब दिए संसद बिघटन, मध्यावधि घोषणा, संकटकाल लगाउने सम्मको तयारी गरेको चर्चा राजनीतिवृत्तमा छ । माधवकुमार नेपालले ओलीले यस्ता कदम चाल्न धम्की दिएको भन्दै कोही नडराउने टिप्पणी गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताए ।

प्रतिक्रिया दिनुहोस्