इङिलस प्रिमियर लिग : साविक जिवेता लिभरपुलको सानदार जित

काठमाडौं, मंसिर २२ । इङिलस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले सानदार जित हात पारेको छ । लिभरपुलले वुल्भ्समाथि ४–० को जित निकाल्न सफल भएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गोल गरे भने एक गोल वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोलका रुपमा उपहार दिए ।

सालहले २४औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि विनाल्डमले ५८ र मातिपले ६७औँ मिनेटमा गोल गरे । नेल्सनले ७८ औँ मिनेटमा आत्मघाति गोल गरी लिभरपुललाई ४–० को अग्रता दिलाए।

जितपछि ११ खेलबाट २४ अंक बनाएको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्