श्रुतीले जितिन् दुई स्वर्ण पदक !

काठमाडौँ, मंसिर २३ । भारतमा सम्पन्न २१औँ विश्व पावर लिफ्टिङमा सुर्खेतकी श्रुती कार्कीले दुई स्वर्णपदक जितेकी छन् ।भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।

मंसिर १९ गतेदेखि २२ गते ९डिसेम्बर ४–७० सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट श्रुतीसँगै हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् ।राजेश सुवालले एक रजत पदक जितेका छन् । ओभरहलमा श्रुतीले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ निवासी ।श्रुतीले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए ।

कार्कीसहित नेपाली खेलाडीको हौसला बढाउन एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सहसचिव एवं म्यानेजर प्रशिक्षक केदारमान स्थापित सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्