दक्षिण अफ्रिकाले पाकिस्तानमा क्रिकेट खेल्ने

काठमाडौं , मंसिर २५ । दक्षिण अफ्रिकाले पाकिस्तानमा क्रिकेट खेल्ने भएको छ । दक्षिण अफ्रिकाको क्रिकेट टोली करिब १४ वर्षको अन्तरालमा पाकिस्तान भम्रणमा निस्कन थालेको हो ।

दक्षिण अफ्रिकाले जनवरीमा दुई टेष्ट र तीन टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचको सिरिज खेल्न भएको छ । टेष्ट खेल कराँची र रावलपिन्डीमा हुनेछ । टि–ट्वान्टी म्याच लाहोरमा खेलिने क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ ।

दक्षिण अफ्रिकाको टिम १६ जनवरीमा कराँची पुग्नेछ । कराँचीको नेशनल स्टेडियममा २६ बाट ३० जनवरीको बीचमा पहिलो टेष्ट म्याच खेल्नेछ ।

त्यस्तै फेब्रुअरी ४ देखि ८ सम्म दोस्रो टेष्ट खेल्नेछ । गद्धाफी स्टेडियम लाहोरमा ११, १३ र १४ फेब्रुअरीमा तीन टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्नेछ । दक्षिण अफ्रिकाले अन्तिम पटक सन् २००७ मा पाकिस्तानको भम्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्