अबदेखि महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौं , मंसिर २६ । अबदेखि महिला र पुरुष फुटबलरलाई समान तलब दिइने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा ले महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ ।

बिहिवार बसेको एन्फा कार्यसमिति बैठकले महिला र पुरुष दुवै टोलीको तलब वृद्धि गर्दै समान तलब दिने निर्णय गरेसँगै अब उनीहरुले समान तलब पाउने भएका हुन् ।

यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएको थियो , अब भने दुवै टोलीका सदस्यलाई जनही १८ हजार तलब प्रदान गरिने गरिने भएको छ । साथसाथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्