बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक , ओली पनि सहभागी

काठमाडौं , मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी भएका छन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।

पहिलो दिनकोे बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन र दस्तावेजहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । साथै यही विचमा सहमति खोज्ने अनेकौ प्रयास भएपनि सहमति भने जुट्न सकेन । त्यसका लागि ओली प्रचण्डबीच एक्लाएक्लै र दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको बताइएको छ ।

खासगरी प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्