बिरु लामा र बिष्णु माझीको स्वरमा ”भिरमा सेती गाई” सार्वजनिक (भिडियोसहित)

पार्वती पाठक , काठमाडौं, मंसिर ३० । पछिल्लो समय नेपाली गीतसंगीत बजारमा एकपछि अर्को गर्दै नयाँ लोकदोहिरी गीतहरु  धमाधम  बजारमा  आउन थालेका छन् । कोरोनाकाबीचमा पनि कलाकारले गीत बजारमा ल्याउन छोडेन् बरु धेरै नै बजारमा आए । पछिलो समय नायक पनि गीतसंगीतमै ब्यस्त छन् । यति बेला चलचित्र क्षेत्र बन्द छ । यसैले पनि नायकहरु पनि गीतमा अभिनय गर्न ब्यस्त छन।

लकडाउनमा सबै भन्दा बढि म्युजिक भिडियो नयाक पल शाहले गरेका छन् । यसतै महानायक राजेश हमालले पनि केहि गीतमा अभिनय गरेको हामी देख्न सक्छौ । यसैबीच गीत आउने क्रममै भर्खेरै मात्र एउटा नयाँ लोकगीत बजारमा आएको छ । जुन गीतको भिडियो र अडियो निकै राम्रो र उत्कृष्ट बनेर बजारमा आएको छ । ”भिरमा सेती गाई” बोलको गीत बजारमा आएको हो ।

निकै महँगो बजेटमा तयार भएको उक्त गीतलाई दर्शकले निकै मनपराएका छन् । गीतमा  गायक बिरु लामा र आजभोलीकी महंगी गायिका बिष्णु माझीको आवाज रहेको छ । गीतमा शब्द संगीत लोकप्रिय सर्जक शिव हमालको रहेको छ ।

यस्तै गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सबैतिर छाईरहनुभएका लोकप्रिय कलाकार सागर लम्साल र रुबिना अधिकारीको दमदार अभिनय  देख्न सकिन्छ । वान डीबी एच डी स्टुडियोमा रेकडिङग भएको“भिरमा सेती गाई”गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन् ।

चर्चित निर्देशक मौसम हिमालीले निर्लेशन गरेको यो भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने प्रविन    भट्टले सम्पादन गरेका हुन् । उक्त गित  हमालले आफ्नै युटुव च्यानलबाट  सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्