अध्यादेशले नेकपामा तरंगः खुमलटार बैठक सकियो , बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं , मंसिर ३० । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद ९ काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरीन् । यसपछि अध्यादेशले नेकपामा हंगामा मच्चिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् भने यता नेपाली कांग्रेसले पनि यसको विरोध गरेको छ । यसैबीच प्रचण्डको निवासमा गुट भेला सकिएको छ । । बैठकले अध्यादेश विरुद्ध एक हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई कारवाही गर्ने विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।प्राप्त जानकारी अनुसार भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक मत भएर अगाडि बढ्ने विषयमा छलफल भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)  सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्