तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं , पुस १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन सरकारसमक्ष माग गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेस पदाधिकारीहरुको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ भने संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको टिपण्णी गरेको छ ।

यस्तै पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्